सिरहा – सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले उत्त रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको हो ।
भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएको हो । रकम भेटिएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।


