श्रावण ८, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र शेयर धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले विभिन्न योजना ल्याएको बताएको छ ।
ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।
यस्तै ८ दशमलव ९९ प्रतिशतमा गाडी खरीद कर्जा र ९ दशमलव ४९ प्रतिशतमा शेयर धितोमा कर्जा प्रवाह गर्नेछ । यो योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट र क्रेडिट कार्ड जारी शुल्क र लकर सुविधामा ५० प्रतिशत छूट दिने भएको छ ।
कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले नेपालभर रहेका ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै समित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेको छ ।


