राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अकमा हुने गरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागु हुने गरी नायाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९।३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर ६।०७ प्रतिशत रहेको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग कारोवारबाट सेवा दिदै आएको छ ।


