श्रावण ८, काठमाडौं ।
वीरगन्जमा दुई चिकित्सकसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
मंगलबार अस्पतालमा उपचाररत बिरामी र उपचारमा संलग्न चिकित्सकको नमुना संकलन गरी परीक्षण गरिएको थियो । तर बुधबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिनेमा सबै वीरगन्जकै छन् । संक्रमित मध्ये १३ पुरुष र चार जना महिला रहेका छन् । १७ जना संक्रमित मध्ये चार जनालाई आईसीयू चाहिने अवस्था रहेको अस्पतालले जनाएको छ ।


