मृन्युपछि फेरी कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । ‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो,’ पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले बताए ।
कुँवरका अनुसार कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो । योसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।


