श्रावण ८, काठमाडौं ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको असार २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
कार्यकारी अधिकृत भट्टले साउन ७ देखि आगामी ४ वर्षीय कार्यभार समाल्नेछन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


