श्रावण ८, काठमाडौं ।
पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले ७७ जिल्ला र ७५३ स्थानीय तहका सहकारी संस्थाहरुलाइ समेटेर सहकारी सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ ।
सहकारी सहकारी बीच बृहद एकीकरण संचालन गरि नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्य सहित बृहद एकीकरण अभियान संचालन गर्न लागेको संस्थाले जनाएको छ ।
वृहदए कीकरण सञ्चालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमिटी समेत गठन गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।
संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पूरा गर्नका लागि वृहद एकीकरण अभियान सञ्चालन गर्न लागिएको संयोजक लामाको भनाई रहेको छ ।अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएका छन् ।


