साताको अन्तिम दिन नेप्से परिसूचक १०.१३ अंक हाराहारीले वृद्धि भएको छ । आज भएको वृद्धिसँगै नेप्से परिसूचक १४४२.६१ अंकको विन्दुमा उक्लिएको हो । कुल १२ समूहको कारोबार भए पनि १० वटाको कारोबार सूचक हरियो हुँदा म्युचुअल फन्ड र विकास बैंकको सूचक रातो भएको छ ।
बिहीबार १ अर्ब ३२ करोड ७१ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेका अनुसार १ सय ८७ कम्पनीको कारोबार भएकामा ३३ लाख ९२ हजार कित्ता सेयर बिक्री भएका छन् । आज २८ हजार ६ सय ४९ पटक खरिदबिक्री भएका थिए ।


