Banijya News

डाक्टले नै संक्रमण लुकाएपछि विराट नगर्सिङ्ग होम सिल, डाक्टर र अस्पताल दुबैलाई कारवाही हुने

1
1.0K Shares

कोरोना संक्रमितको पहिचान लुकाउने विराटनगर अस्पताल प्रालि (विराट नगर्सिङ्ग होम) लाई सिल गरेको छ । अस्पताल सञ्चालक मध्येका ६५ वर्षीय एक चिकित्सकको स्वाब परीक्षण रिपोर्टमा मंगलबार पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ देखिए पनि चिकित्सकले नाम, ठेगाना र मोबाइल नम्बर गलत दिएर स्वाब परीक्षण गराएको हुँदा महानगरलाई संक्रमित खोज्न हम्मे हम्मे परेको थियो ।


चिकित्सकलाई नै कोरोना भएको विषय सार्वजनिक भएपछि अस्पतालमा बिरामी नआउने र व्यापार मर्ने भएकाले संक्रमित चिकित्सकको पहिचान लुकाउनमा अस्पताल प्रशासनले भूमिका निर्वाह गरेको महानगरको ठहर छ ।

अस्पताल सञ्चालक तथा चिकित्सनै संक्रमित भएको र संक्रमण पुष्टि भएका दिनसम्म अस्पतालमा बिरामीदेखि कर्मचारीसम्म उनले भेटेको कारण अस्पताल सिल गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।


ठेगानामा विराटनगर मात्रै लेखेका डाक्टर नै रोग लुकाउन लागि परेपछि उनको खोजी गर्नको लागि प्रहरीलाई भण्डै ४० घण्टा लागेको थियो । उनले लेखाएको मोबाइल नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेकोले महानगर र मोरङ प्रहरीले पहिचान लुकाएर स्वाब परीक्षण गराएको हुन आशंकामा खोजी गर्दे जाँदा अन्तिममा डाक्टर नै संक्रमित भएको खुल्न आएको थियो । ति डाक्टरले आफ्नो उमेर समेत लुकाएर स्वाब परीक्षण गराएका थिए ।

चिकित्सकको पहिचान लुकाउने कार्यमा अस्पतालकै भूमिका रहेकोले सेनिटाइज गर्ने सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्नुपर्ने गरी महानगले महानगरले निर्णय गरेको छ । महानगरले झुठो विवरण दिई स्वाब परीक्षण गराएको र संक्रमितको पहिचान लुकाउनेलाई कोभिड–१९ मापदण्ड तथा निर्देशिका अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ । संक्रमित पत्ता लागेपनि हालसम्म महानगरको जनस्वास्थ्य महाशाखाको टोलीको सम्पर्कमा आइसकेको छैन ।


चिकित्सकसँग सम्पर्क स्थापित भएपछि उनको घरको निरीक्षण गरी घरमै बस्न मिल्ने पूर्ण व्यवस्था भए त्यही राख्ने र नभए कोभिड–१९ उपचार केन्द्रमा लगेर राख्ने कार्कीले बताउनुभयो । उनै चिकित्सकले बुढीगंगा गाउँपालिकामा सञ्चालन गरेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हालसम्म कुनै सुरक्षात्मक उपाय अपनाइएको छैन । संक्रमित चिकित्सकले संक्रमण पुष्टि भएको दिनसम्म मेडिकल कलेज र शिक्षण अस्पतालमा समेत विद्यार्थी, कर्मचारी, चिकित्सक, बिरामी तथा कुरुवासँगको सम्पर्कमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

1

Scroll to Top