Banijya News

बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

1
1.0K Shares

श्रावण ९, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरु सञ्चालन गर्न निर्देशन दिएको छ ।
बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउने र सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

कोरोनाको सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए । राष्ट्र बैंकको उक्त निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका शाखा नियमित रुपमा आठ घण्टा नै सञ्चालन गरि सेवाग्राहीलाई सेवा दिनुपर्ने छ ।

1

Scroll to Top