श्रावण ९,काठमाडौं ।
पर्सामा ५ जना थुनुवाकैदी सहित एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार भएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रपिुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा रहेका छन् । अन्य २५ जना संक्रमित मध्ये ९ महिनाको बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।
वीरगन्ज तथा आसपासका क्षेत्रमा समुदायसम्म कोरोना संक्रमण फैलिसकेको बताइएको छ । स्थिति बिग्रँदै गएपछि प्रशासनले पनि चासो दिएको छ ।
त्यस्तै कोरोनाको संक्रमण बढ्दै गएपछि वीरगन्ज अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ । केहीदिन देखि पर्सामा फेला परेको संक्रमित मध्ये चिकित्सक पनि रहेकाले नेपाल चिकित्सक संघ ,नारायणी शाखाले विज्ञप्ति निकालेर असार ९ देखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।


