Banijya News

विद्युत् सर्ट भई आगलागी हुंँदा ५९ लाख बराबरको क्षति

1
1.0K Shares

श्रावण ९, काठमाडौं ।
चितवनकोे नारायणगढस्थित एक पसलमा विद्युत् सर्ट भइ आगलागी हुंँदा ५९ लाख बराबरको क्षति भएको छ । बिहीवार राती ११ ः२० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २ स्थित गंगोत्री मार्गमा रहेको मुक्ति शु सेन्टरमा विद्युत् सर्ट भई आगलागी भएकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त पसलबाट आगो सल्किदै नजिकमा रहेको ओम व्याग हाउस र सुमन आर्ट हाउसमा समेत आगोलागि हुंँदा उक्त रकम बाराबरको क्षति भएको हो । प्रहरीका अनुसार आगलागीबाट मुक्ति शु सेन्टरको रू.३० लाख, ओम व्याग हाउसको रू.२० लाख र सुमन आर्ट पसलको रू. ९ लाख बराबरको क्षति भएको छ । आगलागीबाट पसलका सम्पूर्ण सामान पूर्णरुपमा जलेका छन् । राती लागेको आगो दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट नियन्त्रणमा आएको छ ।

1

Scroll to Top