गण्डकी प्रदेशका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज कास्कीका ५ जना, लमजुङका ३ जना, बाग्लुङ र तनहुँका १÷ १ जनामा कोरोना पोजिटिभ देखिएका छन् ।
पोखरामा भएको परीक्षणमा कास्कीका ४ जना पुरुष र १ जना महिलामा कोरोना पोजिटिभ देखिएको हो । लमजुङका तीन जना बाग्लुङ र तनहुँका १÷१ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १३ सय ६० पुगेको छ ।
गण्डकी प्रदेशमा १ हजार ९८ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा ४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए ।


