Banijya News

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सडक सञ्चालनमा

1
1.0K Shares

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानबाट बाटो एकतर्फी रुपमा खुलेको हो ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा शुक्रवार बिहान बिहान ४ः२० बजे पहिरो खस्दा बाटो अवरोध भएको थियो । उक्त बाटो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा ल्याईएको हो । बिहीवार पनि पहिरो पन्साउनदा फेरी पहिरो जाँदा बाटो बन्द भएको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

1

Scroll to Top