विश्वभरी छरिएर रहेका नेपाली डाक्टरहरुको दोस्रो ग्लोबल सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले आयोजना गरेको सम्मेलन सेमी भच्र्योलमा हुनेछ ।
‘ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन’ नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ तय भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जिब सापकोटÞाले बताए । उनका अनुसार सम्मेलन, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भच्र्योल छलफल हुने छ ।
सम्मेलनमा विदेशमा कार्यरत एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहने अपेक्षा गरिएको छ । कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त पारेको बिषय प्रमुख एजेण्डा हुनेछ । साथै युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफललाई पनि प्रमुख प्राथमिकतामा राखिने भएको छ । पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो ।


