काठमाडौँ– अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गरेका छन् । यस अडाडि केसीले साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै चलचित्र कलाकार संघमा छानबिनको लागि उजुरी दिएकामा शुक्रबार अदालत पुगेर नै मुद्दा गर्दा गरेकाहुन । केसीले नायिका शाह शाहविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।
नायिका साम्राज्ञीले चलचित्रमा काम गर्दा सुरुको समयमा आफूमाथि दुर्वब्यवहार भएको आफ्नो इन्स्टाग्राम मार्फत भिडियोबाट जानकारी दिएकी थिइन् । विवाद बढदै जाँदा उनी यतिखेर मैन छिन भने भुवनले अदालतमा मुद्दा हालेका छन् । मुद्दासँगै दुबैको कानूनी लडाई शुरु भएको छ ।


