काठमाडौं– बैंक तथा वित्तीय सस्थाले आस्वा सुविधा लिएका छन् । बैंक तथा वित्तीय संस्थाले आस्वा सुविधा प्रदान गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट नवीकरण गराउँदै आस्वा सुविधा लिएका हुन् । आस्वा लिएसँगै अव बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर लिएपछि प्राथमिक शेयरमा आवदेन दिन सक्नेछन् । आस्वा सुविधाअन्तर्गत डिम्याट खाता, बैंक खातालाई समायोजन गरिन्छ ।
मेरो शेयरबाट अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताले आस्वा सुविधाबाट आवेदन दिन सक्ने छन् । लगानीकर्ताले प्राथकिक शेयर, हकप्रद शेयर तथा अन्य सार्वजनिक निष्काशन हुँदा उक्त बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिन सक्नेछन् । ५२ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सुविधा प्रदान गर्न सक्ने छन् ।


