Banijya News

कोसी अस्पतालले एमर्जेन्सीमा भर्ना नगर्दा एम्बुलेन्समै १ युवकको मृत्यु

1
1.0K Shares

एम्बुलेन्समा चढेर अस्पतालको प्राङगडमा आएको विरामी चिकित्सले बेवास्था गर्दा उपचार नै नपाई मृत्यु हुँदा कस्तो होला ? भएको पनि यस्तै छ । समयमा उपचार नपाएका कारण विराटनगरस्थित कोसी अस्पतालमा एक व्यक्तिको ज्यान गएको छ । ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थयकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न इन्कार गर्दा विरामीको अस्पतालको आँगनमा रहेको एम्बुलेन्समै मृत्यु भएको हो ।


उदयपुरको कटारी नगरपालिकाका ५ का २३ वर्षीय पदमबहादुर राईको अस्पतालको आगनमै उपचार नपाएर ज्यान गएको हो । शास फेर्नको लागि गाह्रो भएपछि राईलाई स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो । उनलाई स्वास्थ्यकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न नमान्दा अस्पताल बाहिर नै मृत्यु भएको हो । राई झण्डै एक घण्टा भन्दा पनि बढी समय एम्बुलेन्समै छटपटाई रहेका थिए ।


उनको मृत्युपछि कोसी अस्पतालको लापरबाहीका कारण मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानिय रामकृष्ण कार्कीले बताए । घटनाको तत्काल छानबिन गरिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् ।


उदयपुरबाट एम्बुलेन्स लिएर आएका चालक सुवास तामाङले पौने ३ बजे बिरामी अस्पताल ल्याइ पु¥याएपछि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मीहरूले भर्ना गर्न नमानेको बताए । उनले ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूले चिकित्सक नरहेको भनेको तथा बिरामीलाई चेकजाँच गर्नुको साटो घरी औषधि ल्याउन त घरी एक्सरे गर्न लैजान भन्दै अल्मल्याएको बताए ।

सो विषयमा कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराएको बताए । उनले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यकर्मीले आइसोलेशनमा स्वाब कलेक्सन गर्ने तयारीमा रहेकै समयमा बिरामीको मृत्यु भएको दाबी गरे ।

1

Scroll to Top