सरकारले म्याद नाघेको पानी बेचेको आरोपमा भाटभटेनी सुपरमार्केटलाई .३ लाख जरिवाना तिराएको हो । भाटभटेनी सुपरमार्केट हनुमानस्थानले म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेको अनुगमनका क्रममा भेटिएपछि शुक्रबार उक्त जरिवाना तिराएको हो ।
उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गको उक्त विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम कारवाही गरेको जनाएको छ । विभागले ऐनको दफा ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम भाटभटेनी सुपरमार्केटलाई रु.३ लाख जरिवाना लगाएको उल्लेख गरेको छ ।
विभागले बिहीबार पनि बिल बीजक जारी नगरी पानी बिक्री गरेको भन्दै धापाखेलको विभूति वाटर वेभरेजलाई पनि रु. २ लाख जरिवाना गराएको छ ।


