Banijya News

विश्वभर ६ लाख ४२ हजार ६८८ को कोरोनाबाट मृत्यु, १ करोड ५९ लाख ४० हजार ३७९ संक्रमित

1
1.0K Shares

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण विश्वभर ६ लाख ४२ हजार ६८८ जनाको मृत्यु भएको छ । बल्डोमिटरका अनुसार विश्वमा कोरोनाबाट एक करोड ५९ लाख ४० हजार ३७९ जना कोरोना संक्रमित भएका छन्, भने कोरोनाबाट ९७ लाख २३ हजार ९४९ जना भने उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभाबित संयुक्त राज्य अमेरिकामा एक लाख ४८ हजार ४९० जनाको मृत्यु भएको छ । उहाँ ४२ लाख ४८ हजार ३२७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ४८ हजार २०० जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत ३१ हजार ४०६, इटलीमा ३५ हजार ०९७, स्पेनमा २८ हजार ४३२, फ्रान्समा ३० हजार १९२, इरानमा १५ हजार २८९, बेल्जियममा ९ हजार ८१२, जर्मनीमा ९ हजार २०१, नेदरल्याण्डमा ६ हजार १३९, टर्कीमा ५ हजार ५८०, स्वीजरल्याण्डमा १ हजार ९७७ जनाको मृत्यु भइसकेको छ ।

1

Scroll to Top