Banijya News

भारतमा कोरोना संक्रमितको सँख्यामा नयाँ रेकर्ड,एकैदिन ४९ हजार बढी सङ्क्रमित

1
1.0K Shares

भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ भने आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणको कारण एकैदिनमा ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

1

Scroll to Top