भारत को मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
‘मेरा प्रिय प्रदेशबासी मैले कोरोना भाइरस भएनभएबारे जाँच गराए । मेरो रिपोर्ट पोजिटिभ आएको छ । मेरा सबै साथीलाई अपिल छ मेरो सम्पर्कमा आएका सबैले कोरोना जाँच गराउनु होला । सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुहोला ।’ उनले ट्वीट गरेका छन् । उनी भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च तहको राजनीतिज्ञ हुन् ।


