Banijya News

पेरिस सेन्ट जर्मेन पीएसजीलाई कोपा डि फ्रान्सको उपाधि

1
1.0K Shares

कोपा डि फ्रान्सको उपाधि पेरिस सेन्ट जर्मेन पिएसजीले जितेको छ । सेन्ट ईटिनेलाई १–० ले हराउँदै पिएसजीले सिजनको दोस्रो उपाधि हात पारेको हो ।

दर्शकसहितको रंगशालामा भएको फाईनलमा पिएसजीलाई जिताउन खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल निर्णायक बन्यो । ३१ औं मिनेटमा ईटिनेका कप्तान लोईक पेरिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय ईटिने १० खेलाडीमा सिमित बनेको थियो ।

पीएसजीले कोपा डि फ्रान्सको उपाधि जितेको यो १३ औं पटक हो । फाईनल खेलमा घाईते बनेपछि पीएजीका स्टार केलियन एम्बाप्पेले भने बीचमै खेल छाड्नु परेको थियो ।

1

Scroll to Top