Banijya News

वीरगन्ज अस्पतालमा आरडिटी पोजिटिभ देखिएका एक बिरामीको मृत्यु

1
1.0K Shares

श्रावण ११, काठमाडौं ।
आइतबार बिहान वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजिटिभ देखिएका एक बिरामीको मृत्यु भएको छ । आरडिटी पोजिटिभ देखिएका वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले बताए ।

मुटु र मधुमेहको रोगी रहेका उनलाई शनिबार दिउँसो स्वास्थ अवस्था खराब भएपछि नारायणी अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका वृद्धको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । वृद्धको अवस्था जटिल हुन लागेपछि नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गराइएको थियो । त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित कोबीड अस्पतालमा लगेर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ । वीरगन्जमै गत मंगलबार यता मात्रै ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

1

Scroll to Top