Banijya News

कलाकार सुनिल र गायक सुगम पोख्रेललाई पितृशोक

1
1.0K Shares

काठमाडौँ– कलाकार सुनिल पोख्रेल र गायक सुगम पोख्रेललाई पितृशोक परेको छ । पोख्रेलका पिता एकनाथ पोख्रेलको शनिबार राति निधन भएको हो । ८० वर्षका पोख्रेलको मोरङको मंगलबारेस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले बताएको छ । एकनाथ पोख्रेललाई मुटुको समस्या थियो । एकनाथ पोख्रेलका दुई छोरा नेपालको कलाकारिता क्षेत्रमा राम्रो पहिचान भएका कलाकार हुन् ।

कलाकार सुलिन पोख्रेल नेपाली नाट्य क्षेत्रको सुप्रशिद्ध नाम हो । गुरुकुलको सस्थापक पोख्रेल आफ्नी श्रीमती निशा सहित हालसम्म पनि नट्य क्षेत्रमा सक्रिय छन् । यस्तै एकनाथका अर्का छोरा सुगम पोख्रेल नेपाली पप गीतक्षेत्रबाट उदाएका हुन् । उनको नेपाली संगीतिक धरातलमा उच्च स्थान छ ।

1

Scroll to Top