सातको पहिलो दिन आइतवार शेयर बजार परिसूचक नेप्से २२.४० अंकले बढेर १ हजार ४६५ विन्दुमा पुगेको छ । होटल, जलविद्युत र म्युचुअल फण्डबाहेक अरु सबै समूह सकारात्मक हुँदा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो । त्यस्तै १९० कम्पनीका रु. १ अर्ब ९४ करोड मूल्यका शेयर किनबेच भएका छन् ।
यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आइतबार ३ दशमलव ५९ अङ्कले बढेको छ । आइतबार दिनभर एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरका ४५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।
आइतबार सबैभन्दा धेरै जीवन बीमा समूह ३.९६ र निर्जीवन बीमा समूह ३.९१ प्रतिशतले बढेका छन् । बीमा कम्पनीहरुको नाफाको विवरण आएसँगै लगानीकर्ताहरुले आर्कषण बीमामा बढेको हो । त्यस्तै, वाणिज्य ब्यांक समूह १.३२ प्रतिशतले बढेको छ ।
जसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया ब्यांकका शेयर किनबेच भए । आइतबारको कारोबारमा मिर्मिरे फाइनान्सका लगानीकर्ताले ९.९७ प्रतिशत नाफा कमाए भने तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पनि ९.९६ प्रतिशत नाफा गरे । तर, बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोका लगानीकर्ताले ३.७० प्रतिशत गुमाए ।


