Banijya News

सुनको मूल्य नयाँ उचाईमाः बजारमा किन्ने छैनन्, बेच्नेको लर्को

1
1.0K Shares

पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोलामा ३२ हजार रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो
गत वर्ष यहिबेला प्रतितोला ६४ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबारसम्म तोलामा ३२ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय पुगेको छ ।


एक वर्षमा लगातार बढेर सुन एक लाख नजिक पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले एक वर्षमा सुनको मूल्य तोलामा ३२ हजार रुपैयाँ बढेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा पनि मूल्य बढ्दै गएको उनको भनाई छ । कोभिड १९ ले गर्दा सुनमा लगानीकर्ता आकर्षित हुँदै गएपछि मूल्य बढ्न गएको उनको भनाई छ ।
दुई हप्तामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैंश एक सय डलर बढेको छ । महासंघका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य १ हजार ८ सय दुई डलर बाट बढेर एक हजार ९ सय १ डलर पुगेको पुगेको घ ।

लगातार मूल्य बढेकाले एक दुई साता भित्रमा सुनको मूल्य एक लाख पुग्ने शाक्यले जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरक्षित लगानीको क्षेत्र भन्दै लगानीकर्ताले लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको छ । व्यवसायीका अनुसार सुनलाई सुरक्षित लगानी मानिन्छ ।अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्नु गएको व्यवसायीको भनाई छ ।


कोरोनाका कारण विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको छ । यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ ।


विश्व बजारमा अझै सुन बढने
विश्व बजारको अवस्था र कोरोनाकै कारण पनि सुनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपणसमेत गरिएको छ । अमेरिका र चीनबीच भएको द्वन्द्वका कारण पनि सुनको मूल्य बढिरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्य तेजरत्न शाक्य बताउँछन् ।


कोरोना संक्रमणको त्रासले उपभोक्ता बजार पुग्न नसक्दा र मूल्य आकासिँदा कारोबार भने प्रत्यक्ष प्रभावित भएको छ । प्रायःजसो सुनचाँदी पसल अहिले खाली देखिएका छन् ।

लकडाउन सुरु भएपछि बजार जेठ २५ मा खुल्दा सुनको मुल्य १० हजारले बढेको थियो । त्यसपछि बजारमा सुन किन्न आउनेभन्दा बिक्री गर्न आउने ग्राहकको संख्या बढेको व्यापारीहरु बताउँछन् । मूल्य बढेकै कारण सुन बिक्री हुने समयमा समेत कारोबार न्यून रहेको उनीहरुको भनाइ छ । सुनको मूल्यवृद्धि हुँदा बैंकमा भएको सुनसमेत प्रयोगमा आउन नसकी थुप्रिएर बसेको र उपभोगसमेत घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


अभरको गर्जो टार्ने संम्पत्ति नाफा कमाउने माध्यम
सुन जडित गहना महिलाको सवैभन्दा लोकपृय सिड्गारको सामाग्री भएकोले लगानी कर्तालाई सुन एउटा थप आकर्षणको सामाग्री भएको छ । सांस्कृत महत्बका कार्जे पटी बिबाह भोज भतेर जस्ता समारोहमा महिलाहरुको आकर्षणको केन्द बिन्दु नै गहना हुँदैआएको छ । सुनचाँदी ब्यबसायीहरुका अनुसर गहनाका परखीमा पुरुष भन्दा महिला बढी हुने गरेका छन् । प्रयःगरेर पुरुषहरु महिलाको उक्साहटमा गहनामा लगानी गदै भएका छन् । स्पस्टसँग भन्नु पर्दा पुरुषलाई गहना किन्न महिलाले नै उक्साहट गर्नु पर्दछ । एकातीर घरमा आमा श्रीमती दिदी बहिनीको सुन किन्ने चाहाना त अर्को तीर प्रतिदिन सुनको मुल्य बढने प्रकृतिले गर्दा सुनमा थप लगानी हुने भएपनि यतिखेर लकडाउनका कारण त्यो बन्द छ ।


समुदाय बीचको अलग गहनाका पहिचानले गर्दा पनि सुन खपत बेशी हुदै आएको पाइन्छ । बजारमा सुन भन्नाले गहना भन्ने जनाउँदछ । नेपालमा गहना खरिद गर्ने समुदायको अफ्नै किसिमका बिशेषता छन् । माडबारी, तराईबासी र पाहाडबासी समुदायले आफ्नै जातिय बिशेषता इाल्काउने किसिमका गहना प्रयोग गर्ने गरेका छन् । सहरी महिलाहरुले गहना आफ्नो पहिरनमा मिलायर लगाउने गरेका धेरै उधारण पइन्छ । उता ग्रामिण महिलाहरुले प्रायगरेर परम्परा धान्ने गहनाहरुको प्रयो ग गर्ने गरेका छन । ग्रामिण महिलाहरुले परम्परागत गहना प्रयोग गर्ने गरेतापनी यो आधुनिकतासँगै परिबर्तनहुदै गएको छ । पुराना चलनअनुशारका गहरगहनाहरुको आकार र तौल हाल निरन्तर धट्ने क्रममा छन । बजारमा नयाँ डिजाएनका गहनाको माग बृद्धि हुदै जादाँ सुन खपत पनी बृद्धि हुदै गएको भएपनि यतिखेर लकडाउनले त्यो बन्द भएको छ ।


बैंकमा भन्दा पसलमा आकर्षण
बैक तथा बित्तीय संस्थाहरुको बिकाशसँगै हाल बैकमा सुनको कारोबार हुन थालेको छ । नेपालमा क बर्गका वणिज्य बैंकले सुनको कारोबार गदै आएको पाइन्छन् । बैकहरुको बिकाश अगाडि साहुमहाजनले सुन लिदै ऋण दियर ब्याज कमाउने गरेकामा हाल पनी यो चलन घटेको छैन । हिजोआज पनि सुन मालिकहरु बैकमा भन्दा सुन पसलमानै सुन बन्दकी राखेर पैसा सापटी लिने गरेका छन् । बंैकमा कागजी झन्झड बेहोर्न पर्ने भएकाले गर्दा सुनका परखीहरु सुन पसल धाउनै बढी मन पराउँछन् । भनेको समयमा आम उपभोक्ताते तुरुन्त सुन राखेर ऋण पउने भएकाले आम उपभोक्त्त सुन पसल बेशी जाने गरेको पइन्छ । तर यो बैकको जस्तो सुरक्षित र भरपर्दाे भने होइन । केही बर्पयता सरकारी र निजी स्तरका बैंकहरुले सुन राखेर ऋण दिदै आएपनि सुनको ठुलो कारोबार ब्यापारीबाटै हुने गरेको छ । बैकले वीमा र ब्याज गरि करिब ११ प्रतिशत लिने भएपनि बजार मूल्यको ३० देखी ३५ प्रतिशत कम गरेर मूल्यांकन गर्ने गरेका छन् । उता पसलेहरुले २० देखी २५ प्रतिशत कम गरी मूल्यांकन गरी ऋण दिने गरेको बजारमा पाइन्छ । बिगत केही बर्ष यता सुन पसलमा राखेर ऋण लिने भन्दा बेच्चने बेसी पइन्छ । यसको कारण ब्यापरीसँग बिश्वास नभएर सुन बन्धकी राख्ने भन्दा बिक्री गर्ने गरियको उपभोक्त्रा बताउँछन् ।


सुन कारोबार शंकाको घेरमा
राष्ट् बैकले सार्बजनिक गरेको आकडा अनुसार सुुनको आयत हेर्ने हो भने सुन अब धनढयहरुको धन थुपार्ने बस्तु भएको छ । सुन आयातको स्थिती हेर्ने हो भने यो केही पहुँचबालाले ठुलो परिमाणमा खरीद गरी आफ्नो घरको लकर दराजमा राखेको सहजै अनुमान गर्न सकिन्छ । सरकारले लगानीको स्रोत खोज्ने रणनीति अक्तियार गरेपछी लगातार रुपमा बैंकहरुमा तरलता अभाब देखिनु तथा केन्दीय बैंकले ठुलो परिमणमा रीपो मार्फत नगद प्रबाह गर्दा पनी बेैकमा तरलता अभाब उहि रहनुले ठुलो लगानी गर्ने केही लगानी कर्ताले बैकबाट धमाधम नगद निकाल्दै सुनमा लगानी गरेको र त्यो आपनो घरमा लुकाएर राखेको थप पुष्टी हुन्छ ।


सुनमा कालोबजारी
नेपली सुन बजारमा उपभोक्ता मार्कामा परेका छन । यसको एउटा कारण सुन खरीद गरेपछि बिक्री गर्न खरीद गर्ने पसलमानै बिल सहित जानु पर्ने हो । सुन पसललेले गहना निर्माण गर्दा हाल्ने केमिकलका कारणले नेपाली बजारमा एउटा पसलले बिक्री गरेको सुन अर्केा पसलेले नकिन्ने गरेको छ । सुन दैनिक रुपमा उपभोक्त्ताले खरीद बिक्री गर्न नसक्ने हुँदा खरीद गर्ने बेलाको पसले बिकी गर्ने बेलामा नभेट्दा उपभोक्त्ता केही प्रतिशत बजन कटाएर धाटा खाइ बिकी गर्ने बध्यए छन ।
किन बढछ सुनको मुल्य
अमेरिकी डलर अन्य प्रमुख मुद्राको तुलनामा कमजोर भएपछि पहेले धातु सुनको मुल्य बढने र डलर मजबुद हुदा सुनको मुल्य घट्ने हुन्छ । डलर संचिती गर्नैहरु सुनतर्फ आकर्षित भएपछि नेपाली बजारमा सुन बृद्धि हुने गरेको हो । यहि प्रबिधीलाई पछयाउद्रै स्थानिय बजारमा केही पहिले बर्ष देखी सुनको मुल्य आकाशिदै आएको थियो । स्थानिय बजारमा बढेर भण्डै एक लाख पुगेको सुन भने हाल घटबढको क्रममा छ । अन्र्तराष्टिय बजारमा डलरको माग बढदा सुनको मुल्इ बढने गरेको छ । बिगतमा दैनिक ५ किलोको हाराहारीमा सुन बिक्री हुने गरेकोमा हाल यो परिमाण बृद्धि नभै लकडाउनले गर्दा घटन पुगेको छ ।

नाफा कामाउने उद्धेश्यले सुन खरीद
ब्यबसायीका अनुसार केहि बर्ष पहिले प्रयोगका लागि सुन खरिद गर्ने गरीएको भएनि हाल २५ प्रतिशत नाफा कमाउने उदेश्यले सुन खरिद गर्ने गरियको हो । यसमा सुन अन्य सम्पती जस्तो बाहिर नदेखीने भएकोले कालो तथा सेतो कारोबार गर्ने दुबै पक्षको आर्कषण लगानीको केन्द्र बनेको पाइन्छ ।

सुनको मुल्य बिगत केही बर्ष यता अत्याधिक मात्रामा बृद्धि भएको छ । बि सं २०६३ सालमा प्रतितोला १२ हजार थियो भने हाल सुनको मूल्य बृद्धि भएर ३० हजार माथि भएको छ । बि सं २०६३ सालअधि स्थानिय बजारमा झिटिगुन्टा र भन्सार भन्दा बाहिरी बाटोबाट सुन नेपाल आयात हुदै भारत जाने गरेको थियो । तर बि स. ०६० सालमा भारत सरकारले सुनचाँदि ब्यापारमा खुला नीति लिएपछि भारतीयबाट उल्टो सुन बिपरित निर्यात हुदै नेपाल आउने गरेको छ ।

भारत सरकारले सुनमा खुला नीति लियपछि नेपाल सरकारले पनी ०६३ सालमा खुल्ला नीति अनुशर सुन कारोबार गर्ने ब्यापरीलाई लाइसेन दिएको हो तर अब सुनमा फजुल लगानीले अर्थतन्त्रमा गम्बिर संकट पदै जाँदा सरकारले सुन आयातमा कडाई गर्न थालेको हो । हाल नेपालमा करिब ९६ प्रतिशत सुन आयातित छ । सुन बजारको बिकाशसगै नेपाली बजारमा सरकारी र निजी बैकहरुले सुन कारोबार गर्न थालेका छन् ।

नेपाल आउने सुनमा दुबाइ र दक्षिण अफ्रिकाबाट बेसी र शुद्ध सुन आउने गरेको छ । यसका अलाब लण्डन, सिंहापुर, हडकड र अस्टे्लियाबाट सुनको आयात हुन्छ । नेपालमा बर्षिक ४ देखी ५ टन सम्म सुन आयात हुने गरेको देखिन्छ । आर्थिक बर्ष ०६४÷ ६५ मा मात्र करिब ४ टन (४ हजार किलो ) सुन आयात भएको थियो । भने यो परिमाण दश बर्ष पछि झण्डै १० दन नै पुगेको छ । अधिल्ला बर्षहरुमा भन्दा बृद्धि परिमाण हेर्दा सुन देशलाई ट्रान्जिट पइन्ट बनाएर बाह्र मुलुकमा गइ रहेको छ । सुन पहुँचबालाको लकर र सिरानीमा थन्किन पुगेको केही जानकारहरु बताउँछन ।


कहाँ–कहाँ छ नेपलामा सुन खानी
नेपाल प्राकृतिक रुपले भरिपुर्ण देश हो । प्राकृतिक स्रोतसाधन समृद्धिको पहिलो आधार मानिन्छ । नेपालमा विभिन्न प्रकारका बहुमुल्य खानी मध्ये सुन खानी पनि भएपनि हालसम्म उत्खनन् हुन सकेको छैन् । नेपालमा बहुमूल्य धातु सुन खानीको अनुमान गरेपनि सरकारको तर्फबाट सुन खानि उत्खनन् गर्नको लागि केहि पहल भएको छैन् ।

नेपालमा सुन खानि तिन पटक अध्ययन गर्दा पनि उत्खनन् भने शुन्य रहेको छ् । नेपालमा हाल ११ स्थानमा सुनखानि रहेको अध्ययनले देखाएको छ । हालसम्म नौ वटा कम्पनीलाई सुन उत्खनन्का लागि अनुमति प्रदान गरेको छ् । नेपालमा बर्षेनि व्यापार घाटा भईरहेको छ् । नेपाल सरकारले आत्मानिर्भरको लागि कुनै पहल गरेको देखिदैन् । देशलाई आर्थिक समृद्धिको योजनामा तथा कार्यक्रममा समेत सुनको महत्वपुर्ण भुमिका रहेको हृन्छ् । सुनखानिको लागि अरु खानि भन्दा बढि लागत लाग्ने, नेपालमा प्रविधि तथा प्राविधिक र परीक्षण गर्ने राम्रो ल्याब नभएर पनि सुनखानि उत्खनन्मा समस्या देखि रहेको छ् ।


सुनखानि रोल्पाको लुंगी खोला, बैतडीको बांगाबगर, गोरङ, जमारीगाढ, डडेलधुराको बामनगाउँ, बूढीगण्डकीको बालुवामा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, दैलेख लगायतका जिल्लामा सुनखानी रहेको भूगर्भशास्त्रीहरुको अनुमान छ ।

1

Scroll to Top