Banijya News

पर्सामा स्वास्थ्यकर्मी सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

श्रावण १२, काठमाडौं ।
पर्सामा पाँच स्वास्थकर्मी सहित एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।

संक्रमित हुनेमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, क्वारेन्टाइनमा बसेकाहरु रहेको अस्पतालले जनाएको छ । संक्रमित १८ जना मध्ये वीरगञ्ज महानगरपालिका १३ जना र पर्सागढी नगर पालिकाका ५ जना रहेका छन् ।

पर्सागढी नगर पालिकाका संक्रमित मध्ये ५ जना नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । थप १८ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २५९ पुगेको हो ।

1

Scroll to Top