Banijya News

पीसीआर रिपोर्ट नआउदै क्वारेन्टाइनमा रहेका युवाले गरे आत्महत्या

1
1.0K Shares

श्रावण १२, काठमाडौं ।
बर्दियामा पीसीआर रिपोर्ट नआउदै क्वारेन्टाइनमा रहेका एक युवकले हात्महत्या गरेका छन् । ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका रामबहादुर साउदले आइतबार आत्महत्या गरेका हुन् ।

अछाम बन्निगढी गाउँपालिका घर भएका युवक करिब दश दिन अघि भारतको राजस्थानबाट फर्किएर ठाकुरबाबा नगरपालिका ४ सैनवार मा आफन्त कहा बस्न आएका थिए । घरमा कोही नभेटेपछि पाटीमै बसेका थिए । पाटीमै बसेको देखेपछि स्थानीयले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।

नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनि क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्ट अझै आई सकेको छैन । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ । रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top