Banijya News

नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२० भदौमा हुने

1
1.0K Shares

श्रावण १२, काठमाडौं ।
नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२० भदौमा हुने भएको छ । कोभिड १९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ अवार्ड आयोजना गर्न लागिएको हो ।

आयोजक कमिटिका अनुसार सञ्चारकर्मी सूर्य चन्दको अधक्ष्यता र सुमन बैरागी पण्डितका संयोजक तथा निर्देशकामा सञ्चालन हुने नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२० आगामी भदौभित्र काठमाडौंमा गरिने भएको छ । दुबै अवार्डका आयोजकले एक बिज्ञाप्ती मार्फत अवार्डमा सहभागी हुन गीतसंगीतका लागि आवेदन पनि खुल्ला गरेका छन् ।

म्युजिक अवार्ड आवेदनको लागि दर्ता फारम भदौं १५ गते सम्ममा फारम भर्नुपर्ने प्रावधान रहेको छ । अवार्डमा २०७६ असोजदेखि २०७७ भदौंसम्म बजारमा आएका जुनै पनि प्रकारका गीतसंगीतले भाग लिन पाउनेछन् । त्यस्तै नब प्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्नेछ । शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुशीमा सम्पर्क गरेर आवेदन भर्न सकिनेछ ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत ,पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

1

Scroll to Top