गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठाएको छ । भारतको धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।
भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउने गरेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ । यो सँगै नेपालले दाबी गरेको नयाँ क्षेत्र भारतले भएको आधिकारीक रुपमा दाबी गरेको हो ।
यता नेपालले भने आधिकारीक धारणकेही दिएको छैन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आफ्नो भूभागमा हिडडुल गर्दा भारतलाई जानकारी गराउँनु नपर्ने जानकारी गराएका छन् ।
सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको उनको दाबी छ ।


