Banijya News

झुक्याउने प्रवृद्धि बढदै जाँदा अव नेकपा स्थायी कमिटीमा बहुमतका लागि नेताको टाउको गनिने

1
1.0K Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति संघर्षको विवाद बढदै जाँदा अव टाउको गनेर निर्णय गरिने भएको छ । विभिन्न बहानामा बैंठक सार्ने एकले अर्को नेतालाई झुक्याउने मात्र खेल हुँदा अव निर्णय बहुमतको आधार अर्थात को कस्को पक्षमा कति टाउको भन्दै गनिने भएको हो ।


सोमबार खुमलटारमा बसेको दाहाल–नेपाल समुहका स्थायी कमिटीका सदस्यहरुको बैठकले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतले निर्णय गरेर भएपनि अगाडि बढ्ने तयारी गरेको छ । मंगलबार ११ बजेका लागि तय भएको बैठक नरोक्ने र ओली समूह सहमतिमा नआए बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष उक्त बैठकले निकालेको हो ।


१० असारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठक एक नेताले अर्को नेतालाई झुक्याउने प्रवृद्धि बढदै जाँदा अव पछिल्लो समय बारम्बार स्थगित भएको छ । ६ साउनमा स्थगित बैठक मंगलबार बस्ने तय भएको छ । यदी मंगलबार बसेमा कस्को पक्षमा कति सदस्य भन्दै टाउको गनिने भएको हो ।


हुनत मंगलबार बस्ने भनिएको बैंठक समेत बस्छ, बस्दैन त्यो निश्चित छैन् । यदी बसी हाले पनि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै जाँदा बैठकका कस्को पक्षमा कती भनने निर्णय हुने छ । तर त्यो निर्णय प्रधानमन्त्री केपी ओलीले मान्छन् नै भन्ने कुनै ग्यारेण्टी नभएको एक स्थायी सदस्य बताउँछन् ।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठकको सुरुवातमै स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने माग गरेपछि बैठक लम्बिन थालेको हो । बारम्बार बैठक स्थगित गरेर विवाद मिलाउन ओली र प्रचण्ड लगातार छलफलमा जुटेका छन् । तर, अझै यी दुई कुनै सहमतिमा पुग्न सकेका छैनन् ।

1

Scroll to Top