Banijya News

बागलुङमा बाढीपहिरोमा परि एकैघरका दिदीभाईसहित ४ जनाको मृत्यु, आमा गम्भिर घाइते

1
1.0K Shares

बलेवा : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ। 

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ। मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए। निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ। उनको पहिचान खुलेको छैन। रासस

1

Scroll to Top