श्रावण १३, काठमाडौं ।
ललितपुर महानगरपालिकाले कुल ५ करोड २० लाख लागत रहेको स्मार्ट सडक बत्ती मंगलबार उद्घाटन गरिएको छ । कुपण्डोलस्थित नबिल बैंकअगाडी सडक बत्तीको उद्घाटन गर्दै मेयर चिरीबाबु महर्जनले तीन वटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागेको बताए ।
नेपाल विद्युत प्राधिकरणको सहकार्यमा महानगरपालिकाभित्रको बाग्मती पुलबाट जावलाखेल लगनखेल हुँदै सातदोबाटा ेसम्म साथै हिमालय होटेल, पाटनढोका, अशोक हल, र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिने भएको छ ।
सडकमा बत्ती निभाउन, बाल्न र पावर कम गर्न सर्भर रुमबाट नियन्त्रण गर्ने महानगरपालिकाले जनाएको छ । बत्तीको बीलसमेत महानगरपालिकाले नै भुक्तानी गर्नेछ ।


