श्रावण १३, काठमाडौं ।
काठमाठौंको १५ केजी सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अबैध रुपमा भित्र्याएको १५ केजी सुन कमलादीबाट बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करीलाई खोजतलास गर्दै जादा तस्करको समूहले सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
कमलादी चेकप्वाइन्टमा प्रहरीले चेकजाँच गर्न खोजेपछि तस्करहरु झोला फालेर भागेका थिए । । उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।


