Banijya News

जग्दम्बा ईन्टरप्राइजेजका कामदारमा कोरोना संक्रमण

1
1.0K Shares

नारायणी अस्पतालमा गरिएको परीक्षणमा सोमबार राती पर्साका तीन जना स्वास्थ्यकर्मीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ३ जना जग्दम्बा ईन्टरप्राइजेजका कामदार समेत रहेका छन् ।


पर्सासहित अन्य जिल्लाका गरि थप १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । संक्रमितहरु मध्ये एक जना महिला रहेका छन् भने बाँकी पुरुषहरु छन् ।


वीरगञ्ज ११ श्रीपुरका २ जना, वडा नम्बर १३ का २, ४ का २ जना, ७ का २ र २३ का एक जना रहेका छन् । संक्रमण देखिनेहरुमा एक जना इलाम जिल्लाका र एक जना बारा जिल्लाका छन् ।

1

Scroll to Top