Banijya News

अजोड इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेप्सेमा सूचिकरण

1
1.0K Shares

नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचिकृत गरेको छ । अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच १ करोड कित्ता शेयर सूचिकरण गरेको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुमा भएको ७० लाख कित्ता शेयर समेत गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई एक्सचेन्जमा सूचिकरण गरेको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

1

Scroll to Top