Banijya News

खुमलटारको बैंठक बालुवाटारमा, ओली पक्ष भने बहिस्कारमा

1
1.0K Shares

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटि बैंठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमै अनौपचारिक रुपमा बैठक सुरु गरेका छन् । बैठक स्थगित भएको सूचना पाएपछि बालुवाटारबाट फर्केका नेताहरु पनि प्रचण्ड नेपालले बोलाएपछि पुनः बालुवाटार फर्केका छन् । यसैबिच , प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए। प्रचण्डले ओलीसँगको सहमतिमा बैठक सुरु गरेका हुन् वा ओलीको असहमतिकैबीच बैठक अघि बढाएका हुन् भन्ने खुलिसकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्ष भित्र दाहाल नेपाल समूहका अधिकांश नेताहरु उपस्थित छन् भने ओली पक्षिय नेता भने उपस्थित छैनन् । ओली पक्षिय नेताले यो खुमलटारको बैंठक बालुवाटार आएको प्रतिकृया दिएका छन् ।


नेकपा संसदीय दलका उपनेता समेत रहेका उनले बालुवाटारको सभाकक्षमा दाहाल नेपाल समूहको बैठक चलिरहेकोबारे भने, ‘त्यो खुमलटार भेला जस्तै हो ।’ ‘उहाँहरुको हिजोसम्म खुमलटारमा भेला हुन्थ्यो, त्यो भेला आज बालुवाटारमा सरेको मात्रै हो, त्यसलाई स्थायी कमिटिको बैठकका रुपमा उहाँहरुले अघि बढाउन सक्नुहुन्न ।’– नेम्वाङले भने ।
बैठकलाई औपचारिक रुपमै अघि बढाउने बारे उनीहरुबीच छलफल चलिरहेको छ । दुबै समुहले अव कसरी अगाडि बढने भन्ने रणनीति बनाउँदै गरेको एक नेताले बताए ।

बामदेवको मध्यमार्गी प्रस्ताब
नेपाल कम्युष्टि पार्टीको सत्ता समिकरणको सधै केन्द्रमा रहेका उपाध्यक्ष बामदेव गौतमले बर्तामान देखिएको संकट समाधानको एकमात्र विकल्प अगाडि सारेका छन् । गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर पार्टी अघि बढाउने मध्यमार्गी प्रस्ताव अगाडि सारेका हुन् ।


नेता गौतमले ओली पार्टीको एकता महाधिवेशनसम्म अध्यक्ष र पूर्ण कार्यकाल प्रधानमन्त्री रहने तथा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गरिनु पर्ने बताएका छन् ।

1

Scroll to Top