Banijya News

अख्तियारले काट्यो नेपाल उद्योग वाणिज्य महासंघलाई पत्र, कृषि उद्यममा भएको खर्च देखाउँन माग

1
1.0K Shares

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले नेपाल उद्योग वाणिज्य महासंघलाई पत्र काटेको छ । महासंघ अन्र्तगत काम भएको कृषि उद्यम केन्द्रले ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत गरेको काम र सो काम गर्दा लाग्ने खर्चको सक्कल विवरण दिन भन्दै पत्र काटेको हो ।


अख्तियारले साउन १ गते कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र टेकुलाई सम्बोधन गर्दै एक जिल्ला एक कृषि उत्पादन कार्यक्रममा भएको खर्चको विवरणको सक्कल प्रमाण पेश गर्न पत्र काटेको खुल्न आएको छ । पत्रमा कार्यक्रम गरेदेखि हालसम्मको सम्पूर्ण विवरण पेश गर्न भनिएको छ ।


अख्तियारले इलामको एग्री टेक प्रा.लि, रौतहटको रौतहट माछा तथा दाना उद्योग प्रालि, प्युठानको स्वर्गद्वारी सिड कम्पनी प्रा.लि, रसुवाको रसुवागढी एग्रो फर्म धुन्चेमा भएको कृषि फर्म संचालनमा भएको खर्च पठाउन पत्र काटेको हो ।

1

Scroll to Top