श्रावण १३, काठमाडौं ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले १३ लाखभन्दा बढि राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७६÷०७७ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट रू. १३ लाख २७ हजार राजस्व संकलन गरेकोे हो ।
गत आर्थिक वर्षमा लाइन्सेन नभएको, क्षमताभन्दा बढी यात्रुहरु ओसारपसार गर्ने र कागजपत्रहरु नभएका ३ हजार ४२ साना ठुलासवारी साधन कारबाहीमा परेको छन् ।
कारोना भाईरसको महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण यातयातका साधन बन्द हुदा राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


