Banijya News

बझाङमा मृत्यु भएका ६५ वर्षीय वृद्धको मृत्युको कारण कोरोना

1
1.0K Shares

बझाङको बुङगल नगरपालिकामा कोरोनाभाइरस संक्रमणका कारण एक वृद्धको निधन पुष्टि भएको छ । अधिल्लो साता मृत्यु भएका बुङगल नगरपालिका – ३ का ६५ वर्षीय वृद्धको मृत्युपछि गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण प्रमाणित भएको हो ।

मृत्युपछि स्वाव संकलन गरी पीसीआरका लागि पठाइएको थियो । सोमबार आएको पीसीआर रिपोर्टबाट मृतकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

असारको अन्तिमतिर भारतबाट घर फर्केका उनी १४ दिन क्वारेन्टिनमा बसेका थिए । स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि साउन ६ गते उनलाई घर पठाइएको थियो । घर फर्केको तीन दिनपछि अकस्मात स्वास्थ्य समस्या आएर उनको मृत्यु भएको थियो ।

1

Scroll to Top