कारोबारको अन्तिम समयसम्म्म आइपुग्दा ७.५९ अंकले घटेको छ । मंगलबार १४६३.८१ को बिन्दुबाट सुरु भएको कारोबार ०.५२ प्रतिशतले घटेर १४५४.८९ को बिन्दुमा पुगेर रोकिएका हो । सोमबार पनि नेप्से २.६२ अंकले घटेको थियो ।
उक्त दिन १ अर्ब ८१ करोडको कारोबार भएको थियो । मंगलबार भने बजारमा १ सय ८५ कम्पनीको ३२ लाख ४७ हजार कित्ता कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९७ लाखको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसूचक मध्ये २ उपसूचक मात्र बढे्का छन् । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.६४ अंकले घटेको छ । आज फाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी समूहको कारोबार सूचक बढेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको १० करोड ३५ लाखको सेयर कारोबार भएको छ । यो नै उच्च कारोबार हो । नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाखको, एनएमबी बैंकको ६ करोड ४१ लाखको, एनआईसी एसिया बैंकको ५ करोड ६२ लाखको र हिमालयन डिस्टिलरीको ५ करोड ४५ लाखको सेयर कारोबार भएको छ ।


