काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न रोक लगाउँदै मंगलबार सर्कुलर जारी गरेको छ । राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृति प्रदान नगरिने भएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा र कार्यालय खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छैन । तर, काठमाडौं उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा खोल्न भने पूर्व स्वीकृति लिनुपर्ने छ ।


