दिनप्रतिदिन बढ्दै आएको सुनको मूल्य बुधवार तीन सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय ६० रुपैयाँ थियो ।


