Banijya News

सरिता गिरीको ठाउँमा सांसद निर्वाचित लीलादेवी सिटौलाले लिइन् शपथ

1
1.1K Shares

श्रावण १४, काठमाडौं ।
समाजवादी पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेतृ लीलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छन् ।

बुधवार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमका बीच सिटौलालाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सिटौला खस आर्य कोटाबाट सरिता गिरीको ठाउँमा सांसद भएकी हुन्। 

समाजवादी पार्टीले पार्टीको ह्वीप उल्लंघन गरेपछि बर्खास्तगीमा परेकी सरिता गिरीको स्थानमा सटौलालाई सांसद बनाएको हो । निर्वाचन आयोगले सांसद पदमा निर्वाचित भएको घोषणा गर्दै संसद सचिवालयलाई पत्र पठाएपछि सिटौलालाई सांसद पदको शपथ ग्रहण गराइएको हो ।

1

Scroll to Top