Banijya News

पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योगलाई नविकरणको लागि ३० दिन म्याद

1
1.1K Shares

काठमाडौं ।
पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्नका लागि उद्योग विभागले ३० दिनको म्याद दिएको छ । विभागले कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका तथा प्रभावितको लागि भन्दै उक्त म्याद दिएको हो ।


विभागको बैठकले उद्योग, कम्पनी तथा फर्महरुको व्यवसायीक उत्पादन अनुमतिको समयावधि थपसम्बन्धी नवीकरण कर चुक्ताको सम्बन्धमा ६ वुदे निर्देशन जारी गर्दै समय थपेको हो ।


यसै सन्दर्भमा लकडाउन अबधिमा कुनै पनि उद्योग, फर्म तथा कम्पनीले आफ्नो उत्पादन, ब्राण्ड वा सेवाको नियम अनुसार नवीकरण नभएको भए बाटाको समयसहित ३० दिन भित्र नवीकरण गर्न भनेको छ । उपत्यका बाहिरका कम्पनीहरुलाई भाद्र १ गतेदेखि पूर्णरुपमा लकडाउन खुल्ला भएको मानिने भएको छ ।

1

Scroll to Top