Banijya News

काठमाडौं उपत्यकामा थपिए १५ जना नयाँ संक्रमित

1
1.1K Shares

काठमाडाैँ उपत्यकामा थप १५ जनामा काेराेना भाइरसकाे संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बुधबार काठमाडाैँ उपत्यकामा १५ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ तथा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका एक जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएका छ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ७ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको छ।

1

Scroll to Top