काठमाडौं – विश्वका विभिनन देश मध्ये भारतमा कोरोना संक्रमण त्रीब रुपमा बढ्दै गएको छ । वल्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ९६६ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएको छ भने कुल मृत्यु हुनेको संख्या ३५ हजार ७८६ पुगेको छ । यस्तै हालसम्म १० लाख ५९ हजार ९३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।


