श्रावण १६, काठमाडौं ।
नेपाल एसबिआई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्सिच्युटप्रालीबीच सम्झौता भएको छ । हस्पिटलले एसबिआई बैंकका ग्रहाकहरुलाई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवरद्धन अधिकृत छपिराज पन्त तथा चिरायु हस्पिटलका निर्देशक संजिव राज भण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एसबीआई बैंकका सम्पूर्ण भिसा डेविट कार्डबाहक गा्रहकहरुलाई चिरायू नेशनल हस्पिटलमा कार्ड प्रयोग बापत १५ प्रतिशत सम्मको छुट प्राप्त हुने बैंकले जानकारी दिएको छ ।


