अमेरिकी राष्ट्रपतिका पूर्व उम्मेद्वार हरमन केनको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । ७४ वर्षका उनी राष्ट्रपति ट्रम्पका साथी थिए ।
उनले सन् २०१२ मा अमेरिकी राष्ट्रपतिको लागि उम्मेदवारी दिएका थिए । उनी ट्रम्पको टुलसा र्यालीमा सहभागी बनेपछि कोरोना संक्रमित भएको पाइएको थियो । सन् २०१२ मा उनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका थिए।
ट्रम्पले उनको मृत्युमाथि दुःख व्यक्त गरेका छन् । एजेन्सी


